पहिरोले कालीगण्डकी करिडोर सडकको बागलुङ खण्ड अवरुद्ध

पहिरोले कालीगण्डकी करिडोर सडकको बागलुङ खण्ड अवरुद्ध

२०७९, आषाढ ७ मंगलवार

  • 765
    SHARES

  • पहिरोले कालीगण्डकी करिडोर सडकको बागलुङ खण्ड अवरुद्ध

    बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोर सडकको बागलुङ खण्ड अवरुद्ध भएको छ ।

    बागलुङको जैमिनी नगरपालिकामा ठाउँ ठाउँमा पहिरो खसेपछि कालीगण्डकी करिडोर तीन दिनदेखि ठप्प भएको छ । जैमिनी नगरपालिकाको विनामारे, अर्जेवा लगायतका ठाउँमा पहिरो गएर करिडोर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए।

    सडक अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेराबाट वडाहरूमा तथा बागलुङबाट बुटवल जाने यात्रीहरूलाई समस्या परेको छ । अवरुद्ध सडक खुलाउन सडक विभागले कुनै चासो नदिएको स्थानीयको भनाई छ ।

    पहिरो पन्छाउँदै सडक सञ्चालन गरे पनि पुनः पहिरो जाने गरेकाले समस्या भइरहेको स्थानीयले बताएका छन् । जैमिनी नगरपालिका–७ जैदी र वडा नं ८ छिस्ती जोड्ने चौरीखोलामा समयमा पुल नबन्दा स्थानीयलाई सास्ती भएको छ ।

    करिडोरमा पर्ने सो खोलामा राखिएको बेलिब्रिज निकालिएको र अर्को पुल निर्माण सम्पन्न नहुँदा हिँडेर खोला तर्न समेत कठिन भएको स्थानीय नवीन अधिकारीले जानकारी दिए । 

    २०७९, आषाढ ७ मंगलवार०६:२२:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार