बैंकिङ कसुर गरी फरार एक व्यक्ति पक्राउ

बैंकिङ कसुर गरी फरार एक व्यक्ति पक्राउ

२०७९, आषाढ ८ बुधवार

  • 1.2K
    SHARES

  • बैंकिङ कसुर गरी फरार एक व्यक्ति पक्राउ

    काठमाडौँ । बैंकिङ कसुर गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा खोटाङको हलेसी नगरपालिका- ६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका- ५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरे रहेका छन्।

    महानगरीय प्रहरी बृत्त जगातीको टोलीले मङ्गलबार घिमिरेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

    घिमिरेले विभिन्न १० व्यक्तिलाई आफ्नो रकम नभएको बैंक खाताबाट चेक काटी रु दुई करोड ३२ लाख ४० हजार बराबरको बैंकिङ कसुर गरी फरार रहेका थिए।

    पक्राउ गरेर घिमिरेमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

    २०७९, आषाढ ८ बुधवार०७:३६:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार