कास्कीको धम्पुस केन्द्र भएर ४.९ रेक्टर स्केलको भूकम्प

कास्कीको धम्पुस केन्द्र भएर ४.९ रेक्टर स्केलको भूकम्प

२०७९, आषाढ ९ बिहिवार

  • 933
    SHARES

  • कास्कीको धम्पुस केन्द्र भएर ४.९ रेक्टर स्केलको भूकम्प

    काठमाडौँ । गण्डकी प्रदेशको राजधानी पोखरालगायत यस आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ।

    बिहान ३ बजेर ५६ मिनेट जाँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका-७ धम्पुस केन्द्रबिन्दु भएर चार दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

    भूकम्पको धक्का कास्कीसहित यस आसपासका बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म महसुस गरिएको स्थानीयवासीले बताएका छन्।

    धम्पुसका वडाध्यक्ष वैकुण्ठ भण्डारीले ठूलो धक्का दिए पनि बिहानसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको जानकारी दिए। -रासस । 

    २०७९, आषाढ ९ बिहिवार०७:२२:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार