पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन सांसदहरूको माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन सांसदहरूको माग

२०७९, आषाढ ९ बिहिवार

  • 697
    SHARES

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन सांसदहरूको माग

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् ।

    शून्य समयमा बोल्दै सांसद समिना हुसेन र लक्ष्मीकुमारी चौधरीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले श्रमिक र निम्न आय भएका वर्गहरूको चुलो नबल्ने अवस्था सिर्जना भएको भन्दै पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन माग गरे ।

    यस्तै सांसद लक्ष्मी परियार र लालप्रसाद सावाँ ९लिम्बु०ले वर्षायाम सुरु भएसँगै  नदी छेउ र बाढी प्रभावित क्षेत्रका बासिन्दामा डर र त्रास फैलिएको भन्दै सम्भावित क्षति न्यूनीकरणका लागि विपद् व्यवस्थापनको प्रतिकार्य रणनीति बनाएर अघि बढ्न सरकारको ध्यानाकर्षण गराए । 

    त्यस्तै, सांसद लालबाबु पण्डित र विना कुमारी श्रेष्ठले आधारभूत रुपमा पाउनुपर्ने नागरिकता नपाउँदा जनताले सास्ती खेप्नुपरेको भन्दै छिटोभन्दा छिटो नागरिकता विधेयक संसद्बाट पारित गर्नुपर्नेमा जोड दिए । 

     

    २०७९, आषाढ ९ बिहिवार०३:१७:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार