नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा दीपु ज्वारचन नियुक्त

नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा दीपु ज्वारचन नियुक्त

२०७९, आषाढ ९ बिहिवार

  • 649
    SHARES

  • नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा दीपु ज्वारचन नियुक्त

    काठमाडौं । नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन आज नियुक्त भएका छन् । 

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्री स्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन् ।

    निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेपछि रिक्त रहेको निगमको कार्यकारी प्रमुखको जिम्मेवारी अब ज्वारचनले सम्हाल्ने मन्त्रालयले जनाएको छ ।

    निगमको अप्रेशन निर्देशक रहेका ज्वारचनले वरिष्ठ पाइलटको हैसियतमा न्यूनतम उडान गर्ने गरी जिम्मेवारी पाएको बताइएको छ । 

    सरकारले निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेललाई निष्कासन गरिसकेको छ भने कार्यकारी अध्यक्ष अधिकारी छानबिन समिति बनेसँगै निलम्बनमा परेका छन् । 

    पछिल्लो समय प्रशिक्षक पाइलटको जिम्मेवारीमा रहेका ज्वारचन करिब १३ वर्ष निगमको व्यवस्थापकीय जिम्मेवारीमा समेत रहेकाले उनले निगमको अस्तव्यस्त अवस्थामा सुधार ल्याउने अपेक्षा लिइएको छ ।

    कोभिड–१९को महामारीका बेला अत्यावश्यक स्वास्थ्य सामग्री ढुवानी गर्ने सन्दर्भमा ज्वारचन अग्रपङ्क्तिमा रहेका जनाइएको छ । राजनीतिक र आर्थिक विवादमा नपरेका र निगमकै वरिष्ठ पाइलटलाई सरकारले कार्यकारी जिम्मा दिएकामा आन्तरिक रूपमा कर्मचारीले सन्तुष्टि व्यक्त गरेको बताइएको छ । 

    २०७९, आषाढ ९ बिहिवार०४:०४:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार