पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा घट्दै 

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा घट्दै 

२०७९, आषाढ १२ आइतवार

  • 729
    SHARES

  • पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा घट्दै 

    काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाइने भएको छ ।

    यातायात व्यवस्था विभागले सबै किसिमका सार्वजनिक सवारीको भाडादर स्वचालित रूपमा घट्ने जनाएको छ ।

    विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले आजै नयाँ भाडादर सार्वजनिक गरिने बताए ।

    ‘पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक सवारीको भाडादर पनि घट्छ । केही बेरमै नयाँ भाडादर सार्वजनिक हुन्छ,’ उनले भने ।

    पटक–पटक पेट्रोलियम पदार्थको मूल्य बढ्दै जाँदा स्वचालित रूपमा सार्वजनिक यातायातको भाडादर बढाइएको थियो ।

    शनिबार नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल र मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको थियो । सो निर्णय लागु भइसकेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १७९ र डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ कायम भएको छ ।

    २०७९, आषाढ १२ आइतवार११:४१:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार