सिन्धुपाल्चोकका दुई बस्ती स्थानान्तरण सिफारिश

सिन्धुपाल्चोकका दुई बस्ती स्थानान्तरण सिफारिश

२०७७, पौष २२ बुधवार

  • 1.4K
    SHARES

  • सिन्धुपाल्चोकका दुई बस्ती स्थानान्तरण सिफारिश

    पौष २२, सिन्धुपाल्चोक ।

    विपद् सङ्कटग्रस्त क्षेत्र जुगल गाउँपालिकाका लिदीलगायत जोखिममा रहेका दुई बस्ती स्थानान्तरण गर्न विज्ञ समूहको टोलीले सिफारिश गरेको छ ।

    गत असार र साउनमा आएको पहिराले लिदीमा मात्रै ३९ जनाको ज्यान गएपछि सरकारले उक्त क्षेत्रलगायत आसपासका जोखिम बस्तीको भौगर्भिक अध्ययनका लागि विज्ञको टोली एक महिनाअघि पठाएको थियो ।

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विज्ञको टोलीले एक सातासम्म जुगलका चार जोखिम बस्तीको स्थलगत अध्ययन गरेको थियो ।

    टोलीमा  प्राधिकरणका तर्फबाट सहभागी जिल्ला आयोजना कार्यान्वयन एकाइ९भवन०का प्रमुख सन्तोष निरौलाले आज आयोजित पत्रकार सम्मेलनमा अध्ययन गरिएका बस्तीमध्ये दुई बस्ती उच्च जोखिममा रहेको निष्कर्ष निकालिएको जानकारी दिए । 

    टोलीले जुगलका लिदी, बोल्दे, ठूलो नाम्फा, सानो नाम्फा र सञ्चगाउँको अध्ययन गरेको थियो । बाढीपहिराले वर्षामा सिन्धुपाल्चोकमा ठूलो जनधन क्षति भएपछि सरकारले सिन्धुपाल्चोक र बागलुङ जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

    गत असारयता जिल्लाका विपद्का घटनामा ७३ ले ज्यान गुमाएका थिए भने ३९ जना अझै बेपत्ता छन् ।

    २०७७, पौष २२ बुधवार०७:०३:४६
    प्रतिक्रिया
    सम्बन्धित समाचार