फेरिए मन्त्री, कसलाई के जिम्मेवारी ? 

फेरिए मन्त्री, कसलाई के जिम्मेवारी ? 

२०७९, आषाढ १२ आइतवार

  • 829
    SHARES

  • फेरिए मन्त्री, कसलाई के जिम्मेवारी ? 

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीहरुलाई समेट्दै मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । 

    उहाँले आइतबार पाँच नयाँ मन्त्रीहरु थप्दै मन्त्रिपरिषद‌मा हेरफेर गर्नुभएको हो । 

    नेकपा एकीकृत समाजवादीका तर्फबाट जीवनराम श्रेष्ठ संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री, मेटमणि चौधरी सहरी विकासमन्त्री, भवानी खापुङ स्वास्थ्यमन्त्री, शेरबहादुर कुवँर श्रममन्त्रीमा नियुक्त भएका हुन्। त्यस्तै, हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

    समाजवादीबाट मन्त्री बनेका प्रेम आले, रामकुमारी झाँक्री, विरोध खतिवडा, किसानकुमार श्रेष्ठलाई मन्त्रीको जिम्मेवारीबाट हटाएर नयाँ मन्त्री ल्याइएको हो। त्यस्तै, भवानी खापुङलाई स्वास्थ्य राज्यमन्त्रीबाट स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको हो भने हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा लगिएको हो।

    मन्त्रिपरिषद्‌मा २१ मन्त्री, ३ राज्यमन्त्री र प्रधानमन्त्रीसहित २५ सदस्य छन्।

    pm-office.jpg

    २०७९, आषाढ १२ आइतवार०९:३८:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार