आईजीपी बढुवाविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै 

आईजीपी बढुवाविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै 

२०७९, आषाढ १३ सोमवार

  • 861
    SHARES

  • आईजीपी बढुवाविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै 

    काठमाडौँ । फैसला हुन नसकि हेर्दाहेर्दैमा रहेको नेपाल प्रहरीको आईजीपी बढुवाविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ ।

    कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा आज सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गर्नेछन् ।

    एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर धिरजप्रताप सिंहलाई आईजीपी बनाएको दाबीसहित वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

    अन्तिम सुनुवाइ जेठ ३० गतेबाट सुरु भएपनि मुद्दाको बहस नसकिएपछि दुईपटक हेर्दाहेर्दैमा राखिएको छ । वैशाख १९ देखि बिदामा बसेका एआईजी पोखरेल एआईजीमै कायम रहे आगामी साउन २० गतेबाट अवकाश पाउनेछन् ।

    २०७९, आषाढ १३ सोमवार०९:५५:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार