नवनियुक्त मन्त्रीहरूको शपथ सम्पन्न

नवनियुक्त मन्त्रीहरूको शपथ सम्पन्न

२०७९, आषाढ १३ सोमवार

  • 837
    SHARES

  • नवनियुक्त मन्त्रीहरूको शपथ सम्पन्न

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चार मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

    राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेकपा एकीकृत समाजवादीका तर्फबाट नवनियुक्त मन्त्रीहरुले शपथ लिएका हुन्।

    नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी(सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवर- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा छन्।

    राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति र कार्य विभाजन तोकेका थिए।

    मन्त्रीहरुको शपथपछि शीतल निवासमै राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री देउवासमक्ष नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले पद तथा गोपनीयताको शपथ लिए।

    समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख र पदाधिकारीलगायतको उपस्थिति रहेको थियो।

    २०७९, आषाढ १३ सोमवार०१:१६:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार