गायिका मृत्यु प्रकरण : बुबाद्वारा किटानी जाहेरी

गायिका मृत्यु प्रकरण : बुबाद्वारा किटानी जाहेरी

२०७९, आषाढ १३ सोमवार

  • 1.3K
    SHARES

  • गायिका मृत्यु प्रकरण : बुबाद्वारा किटानी जाहेरी

    काठमाडौँ । काठमाडौँको नेपालटारस्थित आफ्नै कोठामा मृत भेटिएकी गायिका दिलमाया सुनारको हत्या भएको आरोप लगाउँदै बुबा केसर विकले प्रहरीमा किटानी जाहेरी दिएका छन् । 

    घटनालगत्तै पक्राउ परेका काभ्रेपलाञ्चोकका सूर्य भन्ने खिलबहादुर श्रेष्ठविरुद्ध विकले बालाजु प्रहरीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । किटानी जाहेरीसँगै ज्यानसम्बन्धी कसुरमा श्रेष्ठमाथि अनुसन्धान भइरहेको र आजै म्याद थपको तयारी रहेको जनाइएको छ । श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो ।

    गायिका सुनार शनिबार आफ्नै कोठामा मृत भेटिएकी थिइन् । घटनास्थलमा मोबाइल फेला नपरेको र उनको सलसमेत समेत घटनास्थलभन्दा बाहिर फेला परेकाले कर्तव्य गरी मरिएको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । 

    पक्राउ परेका श्रेष्ठ उनका प्रेमी रहेको बुझिएको छ । शव परीक्षण प्रतिवेदन आएपछि घटनाको वास्तविक कारण खुल्ने भन्दै प्रहरीले अहिलेसम्म केही भन्न नसकिने जनाएको छ । घटना हुनु अघिल्लो दिन गायिका सुनारको फेसबुक स्ट्याटस सार्वजनिक भएको थियो । 

    त्यसमा उनले कुनै पनि बेला जे पनि हुनसक्ने र घटनामा कसैलाई दोष नदिन अनुरोध गरिएको थियो । उक्त स्ट्याटस दबाबमा लेखिएको आशङ्का गरिएको  छ । प्रहरी स्रोतका अनुसार श्रेष्ठले त्यसदिन उनको कोठामा गएको स्वीकारे पनि हत्या आरोप अस्वीकार गरेका छन् ।

    २०७९, आषाढ १३ सोमवार०३:२९:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार