लुम्बिनी प्रदेश राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

लुम्बिनी प्रदेश राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

२०७९, आषाढ १५ बुधवार

  • 1.4K
    SHARES

  • लुम्बिनी प्रदेश राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

    बुटवल । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको स्रोतले दाबी गरेको छ ।

    माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले आफूले पनि वलीले राजीनामा बुझाएको थाहा पाएर मुख्यमन्त्री कार्यालयमा बुझ्न गएको बताए ।

    जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो । छानबिन समितिलाई सघाउन भनेर उनले राजीनामा दिएको स्रोतले बताएको छ ।

    पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् ।

    फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो ।

    २०७९, आषाढ १५ बुधवार०१:३५:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार