विद्युतीय मतदान गर्ने भए साउनभित्र मेसिन देऊ : आयोग

विद्युतीय मतदान गर्ने भए साउनभित्र मेसिन देऊ : आयोग

२०७९, आषाढ १६ बिहिवार

  • 709
    SHARES

  • विद्युतीय मतदान गर्ने भए साउनभित्र मेसिन देऊ : आयोग

    काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्ने भए साउन मसान्तभित्र उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ ।

    आयोगले विद्युतीय मतदान यन्त्र प्रयोग सम्बन्धी अध्ययन प्रतिवेदन गृह मन्त्रालय मार्फत मन्त्रिपरिषदमा पेस गर्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभामा प्रयोग गर्ने भए आफूहरुले भनेजस्तो मेसिन साउनभित्र उपलब्ध गराइदिन आग्रह गरेको हो ।

    ‘प्रतिवेदनमा उल्लेख भए बमोजिमको स्वदेशमा निर्मित विद्युतीय मतदान यन्त्र (इभिएम) तत्काल व्यवस्थापन हुन सक्ने अवस्था हाल विद्यमान नभएमा आगामी २०७९ श्रावण मसान्तसम्ममा आयोगलाई उपलब्ध हुने गरी अन्य देशमा निर्मित विद्युतीय मतदान यन्त्रको आवश्यक प्रबन्ध गरिदिन गृह मन्त्रालय मार्फत नेपाल सरकार, मन्त्रिपरिषद्लाई लेखी पठाइएको छ’ आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

    निर्वाचन आयोगले विद्युतीय मतदानका विषयमा अध्ययन गर्न एक अध्ययन समिति बनाएको थियो । उक्त समितिले विद्युतीय मतदान यन्त्र प्रयोगको विषयमा सुझावसहितको प्रतिवेदन निर्णय गर्न र कार्यान्वयनका लागि गृह मन्त्रालय मार्फत मन्त्रिपरिषदमा पठाएको छ ।

    २०७९, आषाढ १६ बिहिवार०४:२२:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार