कोरोना अपडेट : थप ५५ जनामा संक्रमण,१७ जना संक्रमणमुक्त 

कोरोना अपडेट : थप ५५ जनामा संक्रमण,१७ जना संक्रमणमुक्त 

२०७९, आषाढ १६ बिहिवार

  • 725
    SHARES

  • कोरोना अपडेट : थप ५५ जनामा संक्रमण,१७ जना संक्रमणमुक्त 

    काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५३२ जनाको पीसीआर परीक्षणमा ३६ जना र १ हजार १६६ जनाको एन्टीजेन परीक्षणमा १९ जना गरी ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

    यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना संक्रमणमुक्त भएका छन् भने आज कसैको पनि मृत्यु भएको छैन । 

    हाल देशभर २८० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

    २०७९, आषाढ १६ बिहिवार०६:०१:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार