‘कछुवा गति’मा राष्ट्रिय गौरवका आयोजना

‘कछुवा गति’मा राष्ट्रिय गौरवका आयोजना

२०७९, आषाढ १८ शनिवार

  • 1.4K
    SHARES

  • ‘कछुवा गति’मा राष्ट्रिय गौरवका आयोजना

    काठमाण्डौ । चालू आर्थिक वर्षमा पूर्वाधार तथा विकास निर्माण  सवालमा सरकार अपेक्षाकृत असफल देखिएको छ ।

    सङ्घ, प्रदेश र स्थानीय तहका तीन वटै सरकारले भौतिक पूर्वाधार तथा विकास निर्माणमा अपेक्षाकृत खर्च र भौतिक प्रगति गर्न नसकेको देखिएको हो ।

    राष्ट्रिय गौरवका योजनामा समेत ढिलासुस्तीलगायतका कारणले प्रगतिले फड्को मार्न सकेको छैन । गौरवका आयोजनालाई प्राथमिकता दिएको जनाउने सरकारको प्रगति विवरण भने सन्तोषजनक छैन ।

    चालू आर्थिक वर्षमा ३ खर्व ७८ अर्ब ९ करोड ७७ लाख बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखिएकोमा आर्थिक वर्ष सकिन २ साता मात्र बाँकी रहँदा  करिव ४० प्रतिशत मात्र खर्च गरिएको छ ।-राजधानी

    २०७९, आषाढ १८ शनिवार०८:४४:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार