नागरिकको विवरण सङ्कलन कार्य प्रभावकारी बनाऔँ : गृहमन्त्री खाण

नागरिकको विवरण सङ्कलन कार्य प्रभावकारी बनाऔँ : गृहमन्त्री खाण

२०७९, आषाढ १८ शनिवार

  • 733
    SHARES

  • नागरिकको विवरण सङ्कलन कार्य प्रभावकारी बनाऔँ  : गृहमन्त्री खाण

    रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले कानुनी अधिकार स्थापित गर्न प्रत्येक नागरिकको विवरण सङ्कलनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । 

    राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा रुपन्देहीको तिलोत्तमामा आज आयोजित व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी कार्यक्रममा उनले व्यक्तिगत घटना सङ्कलन, भण्डारण र वितरणको काम प्रभावकारी ढङ्गले अघि बढाउन निर्देशन दिए ।

    गृहमन्त्री खाणले नागरिकको सामाजिक सुरक्षा पूरा गर्ने दायित्व सरकारको भएको र  विवरण सही नहुँदा सामाजिक सुरक्षाबाट नागरिक वञ्चित हुनसक्ने भएकाले सचेत हुन सम्बद्ध पक्षलाई आग्रह गरे । 

    उनले भने, “ज्येष्ठ नागरिक, दलित, अपाङ्ग, लोपोन्मुख, एकल महिला र दलित तथा पिछडिएका क्षेत्रका बालबालिकालगायत  उच्च जोखिममा रहन सक्ने समूहलाई लक्ष गरी सरकारले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । यसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहबाटै  सही नागरिकको विवरण सङ्कलनमा ध्यान दिनुपर्छ ।”

    विभागले व्यक्तिगत घटना दर्ताका साथै  सामाजिक सुरक्षाअन्तर्गत ‘नगद प्रवाह’ र व्यक्तिको डिजिटल पहिचान स्थापना गर्ने बहुउपयोगी ‘राष्ट्रिय परिचयपत्र’ वितरण कार्यको जिम्मेवारी सम्हाल्दै आएको छ । 

    २०७९, आषाढ १८ शनिवार०३:३१:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार