पूर्व तयारी अवस्थामा रहन अस्पताललाई मन्त्रालयको निर्देशन

पूर्व तयारी अवस्थामा रहन अस्पताललाई मन्त्रालयको निर्देशन

२०७९, आषाढ १८ शनिवार

  • 989
    SHARES

  • पूर्व तयारी अवस्थामा रहन अस्पताललाई मन्त्रालयको निर्देशन

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्व तयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ । 

    मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइका प्रमुख डा। समीरकुमार अधिकारीले मनसुनजन्य प्राकृतिक विपद्सँगै खानेपानी प्रदूषण भई सरसफाइमा चुनौती थपिन गई हैजालगायत सङ्क्रामक रोग फैलिन सक्ने भएकाले आवश्यक पूर्व तयारी गर्न देशभरका सबै अस्पताललाई निर्देशन दिएका हुन् । 

    अहिलेसम्म काठमाडौँ उपत्यकामा हैजाका १७ बिरामी भेटिएका छन् । विपद् तथा महामारीलगायत प्रतिकार्यका लागि तयार एवं सतर्क रहन, स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न, आवश्यकताअनुसार शै्ययाको व्यवस्थापन गर्न तथा औषधि उपकरणको तयारी गर्न सबै अस्पताललाई उनले निर्देशन दिएका छन् ।  

    अस्पतालबाट आवश्यक सूचना सङ्कलन तथा निगरानी गरी तत्काल उपचारमा संलग्न हुनुपर्ने भएकाले साधन स्रोतलाई अधिकतम उपयोग गरेर जनधनको क्षति न्यूनीकरण हुने गरी संयन्त्र तथा कार्य योजना तयार गरी कार्य गर्न पनि निर्देशनमा उल्लेख छ । 

     

    २०७९, आषाढ १८ शनिवार०३:३५:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार