केएमसी स्कूलको होस्टेलमा एक कर्मचारी मृत फेला, हत्या गरिएको आशंका 

केएमसी स्कूलको होस्टेलमा एक कर्मचारी मृत फेला, हत्या गरिएको आशंका 

२०७९, आषाढ १९ आइतवार

  • 1.6K
    SHARES

  • केएमसी स्कूलको होस्टेलमा एक कर्मचारी मृत फेला, हत्या गरिएको आशंका 

    काठमाडौँ । काठमाडौँको बुद्धनगरस्थित केएमसी स्कुलमा सोही स्कूलकी एक कर्मचारी मृत अवस्थामा फेला परेकी छन्।

    प्रहरीका अनुसार केएमसी स्कूलमा क्यान्टिनमा कार्यरत काभ्रेको तेमाल गाउँपालिका -८, मेच्छे स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी शनिबार बेलुका स्कुलमै झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन्।

    काठमाडौँ प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार रायमाझी स्कूलभित्र होस्टेलको बेडमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्।

    स्कूलमा मृत फेला परेकी उनका आफन्तले हत्याको आशंका गरी शव उठाउन मानेका छैनन्। रमा केएमसी स्कुलमा ५ वर्षदेखि कार्यरत् थिइन्।

    हरेक दिन बिहान ७ बजे स्कूल गएर साँझ ७ बजे फर्किने गरेकी उनी शनिबार साँझ साढे ७ बजेसम्म पनि कोठामा नआएपछि परिवारले खोजी गरेका थिए। त्यस क्रममा उनी आफू कार्यरत विद्यालयकै होस्टेलभित्र मृत भेटिएकी हुन्।

    शनिबार बेलुका नै घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ। 

    केएमसी कलेज बागबजारमा पनि केही समय अगाडि एक विद्यार्थी पनि मृत अवस्थामा फेला परेका थिए । वाथरुमममा मृत अवस्थामा भेटिँदा हत्याकै आशंका गरिए पनि अन्तिममा ग्याँसले निसासिएर मृत्युभएको भनिएको थियो ।  

    २०७९, आषाढ १९ आइतवार०८:५८:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार