हल्कादेखि मध्यम वर्षाको सम्भावना

हल्कादेखि मध्यम वर्षाको सम्भावना

२०७९, आषाढ १९ आइतवार

  • 769
    SHARES

  • हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रहनाका साथै धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

    मनसुनी वायुको असरले देशभर आंशिकदेखि सामान्य बदली रहने र धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।

    आगामी २४ घण्टामा बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्नसक्ने पनि विभागले जनाएको छ ।

    वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवन र यातायात क्षेत्रमासमेत असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भागका केही स्थानमा र बाँकी भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डग्री र अधिकतम तापक्रम २८ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

    त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३४ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

    २०७९, आषाढ १९ आइतवार११:४४:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार