नेपालमा देखियो ओमिक्रोनको सब भेरियन्ट बीए ५ , समुदायस्तरमा सङ्क्रमण बढ्न सक्ने विश्व स्वास्थ्य सङ्गठनको दाबी

नेपालमा देखियो ओमिक्रोनको सब भेरियन्ट बीए ५ , समुदायस्तरमा सङ्क्रमण बढ्न सक्ने विश्व स्वास्थ्य सङ्गठनको दाबी

२०७९, आषाढ १९ आइतवार

  • 1.0K
    SHARES

  • नेपालमा देखियो ओमिक्रोनको सब भेरियन्ट बीए ५ , समुदायस्तरमा सङ्क्रमण बढ्न सक्ने विश्व स्वास्थ्य सङ्गठनको दाबी

    काठमाडौं । ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ओमिक्रोन बीए ५ नेपालमा पनि देखिएको छ ।

    धुलिखेल अस्पतालले गरेको जिन सिक्वेन्सिङ परीक्षणमा सो सङ्क्रमण देखिन आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

    भारत र अमेरिकामा पछिल्लो समय सङ्क्रमण ओमिक्रोनकै उपप्रजाति बीए ४ र बीए ५ ले बढाएको पुष्टि भइसकेको छ ।

    नेपालमा अहिले बीए ५ कै कारण सङ्क्रमण गराइरहेको भए कोरोना फेरि समुदायस्तरमा बढ्न सक्ने सङ्क्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाले बताए ।

    बीए ५ अहिलेसम्म देखिएका ओमिक्रोनका उपप्रजातिहरूमध्ये झन्डै चार गुणा सङ्क्रामक भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

     

    २०७९, आषाढ १९ आइतवार०३:४९:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार