देउताको तस्बिर भएको पत्रिकामा कुखुराको मासु बेच्ने पक्राउ

देउताको तस्बिर भएको पत्रिकामा कुखुराको मासु बेच्ने पक्राउ

२०७९, आषाढ २१ मंगलवार

  • 1.6K
    SHARES

  • देउताको तस्बिर भएको पत्रिकामा कुखुराको मासु बेच्ने पक्राउ

    नयाँ दिल्ली । उत्तर प्रदेशको सम्भलमा हिन्दू देवताहरूको तस्बिर भएको पत्रिकामा कुखुराको मासु बेचेको र प्रहरी टोलीमाथि आक्रमण गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ।

    केही मानिसहरुले आइतबार तालिब हुसैन नामका एक व्यक्तिले आफ्नो पसलमा हिन्दू देवी-देवताको तस्बिरसहित अखबारमा बेरिएको कुखुरा बिक्री गरिरहेको उजुरी गरेका थिए। प्रहरी टोली पसलमा पुगेपछि तालिब हुसैनले उनीहरूमाथि छुरी प्रहार गरेका थिए।

    तालिब हुसैनलाई आईपीसीको धारा १५३-ए, २९५-ए र ३०७ अन्तर्गत मुद्दा लगाइएको छ। यस विषयमा अनुसन्धान भइरहेको सम्भल प्रहरीले जनाएको छ। -बीबीसी  

    २०७९, आषाढ २१ मंगलवार१०:५६:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार