रामेछापको लुभुमा बस दुर्घटना : ९ जनाको मृत्यु,२८ घाइते

रामेछापको लुभुमा बस दुर्घटना : ९ जनाको मृत्यु,२८ घाइते

२०७९, आषाढ २१ मंगलवार

  • 1.1K
    SHARES

  • रामेछापको लुभुमा बस दुर्घटना : ९ जनाको मृत्यु,२८ घाइते

    रामेछाप । रामेछाप जिल्लाको सुनापती गाउँपालिकास्थित सादिडाँडाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस लुभु भीरमा दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । 

    मंगलबार बिहान काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको अरनिको यातायातको बस खाँडादेवी गाउँपालिका– १ लुभुघाट नजिकै दुर्घटनामा परेको हो ।

    दुर्घटना परी घाइते भएका  २८ जनामध्ये ३ जनालाई कैलाश एयरको हेलिकप्टरमार्फत उद्धार गरि काठमाडौं लगिएको  सुनापाती गाउँपालिकाका प्रमुख ठुलोकान्छा तामाङले जानकारी दिए ।

    बाँकी २५ जना घाइतेको गाउँपालिकाको एम्बुलेन्स र सार्वजनिक सवारीबाट उद्धार गरी उपचारको लागि धुलिखेल अस्पताल पठाइएको उनले जानकारी दिए ।  

    २०७९, आषाढ २१ मंगलवार०१:३१:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार