कोरोना सङ्क्रमण बढ्दै, आज ११३ सङ्क्रमित

कोरोना सङ्क्रमण बढ्दै, आज ११३ सङ्क्रमित

२०७९, आषाढ २२ बुधवार

  • 797
    SHARES

  • कोरोना सङ्क्रमण बढ्दै, आज ११३ सङ्क्रमित

    काठमाडौं । कोरोना भाइरस सङ्क्रमण दैनिक बढिरहेको छ । आज एकै दिन ११३ जनामा सङ्क्रमण देखिएको हो ।

    मङ्गलबार मात्र ९० जनामा सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ७२४ कोरोना परीक्षण गर्दा ११३ जनामा  सङ्क्रमण पुष्टि भएको हो ।  हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४७१ जना रहेका छन् ।

    विगत २४ घण्टामा २० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुने सङ्ख्या नौ लाख ६७ हजार ५७५ पुगेको छ ।

    यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल होम आइसोलेसनमा ४६९, संस्थागत आइसोलेसनमा दुई , भेन्टिलेटरमा एक र दुई जना सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ ।

    २०७९, आषाढ २२ बुधवार०८:०८:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार