जापानका पूर्व प्रधानमन्त्री आबेको निधनप्रति प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीद्वारा समवेदना प्रकट

जापानका पूर्व प्रधानमन्त्री आबेको निधनप्रति प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीद्वारा समवेदना प्रकट

२०७९, आषाढ २४ शुक्रवार

  • 801
    SHARES

  • जापानका पूर्व प्रधानमन्त्री आबेको निधनप्रति प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीद्वारा समवेदना प्रकट

    काठमाडौँ । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गहिरो समवेदना प्रकट गरेका छन् ।

    प्रधानमन्त्री देउवाले एक ट्विट मार्फत आबे विश्वको एक प्रसिद्ध नेता मात्र नभएर नेपालका एक असल मित्र पनि हुनुहुन्थ्यो भनी उनलाई सम्झिएका छन् । यस दुखद घडीमा जापानी जनता र शोकसम्तप्त परिवारप्रति प्रधानमन्त्री देउवाले समवेदना प्रकट गरेका छन् ।

    यसैगरी, पूर्व प्रधानमन्त्री केपी ओलीले पनि ट्विट गर्दै आबेको हत्याको घटनाको भर्त्सना गरेका छन् । आफ्नो कार्यकालमा आबेले नेपाल जापान सम्बन्धलाई थप उचाइमा पुर्‍याउन खेल्नुभएको महत्त्वपूर्ण भूमिकाको सम्झना पनि पूर्व प्रधानमन्त्री ओलीले गरेका छन् ।

    २०७९, आषाढ २४ शुक्रवार०६:३९:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार