पूर्वप्रधानमन्त्री आबेको निधनप्रति आज राष्ट्रिय शोक मनाइने

पूर्वप्रधानमन्त्री आबेको निधनप्रति आज राष्ट्रिय शोक मनाइने

२०७९, आषाढ २५ शनिवार

  • 925
    SHARES

  • पूर्वप्रधानमन्त्री आबेको निधनप्रति आज राष्ट्रिय शोक मनाइने

    काठमाडौं।नेपालले मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्दै उनको सम्मानमा आज (शनिबार) राष्ट्रिय शोक मनाइँदैछ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वर्गीय आबेको सम्मानमा आजलाई राष्ट्रिय शोकको घोषणा गर्ने निर्णय गरेको हो । बैठकले पूर्वप्रधानमन्त्री आबेको गोली प्रहार गरी हत्या भएकामा उक्त निन्दनीय कार्यको भत्सर्ना गरेको छ ।

    नेपाल सरकारले उनको निधनप्रति दुःख व्यक्त गर्दै जापान सरकार, जापानी जनता र स्व आबेको परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

    २०७९, आषाढ २५ शनिवार०८:२४:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार