काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले र्याप गायक यम बुद्धको सालिक आफ्नो तलबबाट बनाउने बताएका छन्।
उनले शनिबार दिउँसो फेसबुकबाट आफ्नो धारणा सार्वजनिक गर्दै आफुले पाउने तलबबाट यम बुद्धको सालिक बनाउने बताएका हुन्। यस अघि हिजोको नगरसभाको बैठकबाट शालिक बनाउने निर्णय गराएका बालेन चर्को आलोचनाको शिकार बनेका थिए । शालिक निर्माणमा रु १५ लाख लाग्ने बताइएको छ ।
सामाजिक संजालमा आलोचना बढेपछि मेयर बालेनले आफ्नै तलबबाट शालिक निर्माण गर्ने बताएका हुन् ।