आज बकर इद पर्व मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा

आज बकर इद पर्व मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा

२०७९, आषाढ २६ आइतवार

  • 1.3K
    SHARES

  • आज बकर इद पर्व मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा

    काठमाडौँ । आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा)। देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक यो पर्व मनाइँदैछ ।

    सरकारले बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ।

    इस्लामिक पात्रो हिजारी सम्वत अनुसार नयाँ वर्षको १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिन्छ। आज मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्।

    आज दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायतमा भीड लाग्छ।

    हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो।

    २०७९, आषाढ २६ आइतवार०७:१७:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार