कोरोना अपडेट : थप १२१ जनामा संक्रमण,३१ जना निको

कोरोना अपडेट : थप १२१ जनामा संक्रमण,३१ जना निको

२०७९, आषाढ २६ आइतवार

  • 749
    SHARES

  • कोरोना अपडेट : थप १२१ जनामा संक्रमण,३१ जना निको

    काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४५ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा १२१ जनाको नतिजा पोजिटिभ आएको छ । १ हजार ७०० नमुनाको पीसीआर परीक्षणमा १०४ र १ हजार ३४५ नमुनाको एन्टिजेन परीक्षणमा १७ जनामा संक्रमण देखिएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन भने हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५२ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा देशभर ३१ जना निको भएका छन् भने योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६७ हजार ६८७ पुगेको मन्त्रालयले जनाएको छ ।

    २०७९, आषाढ २६ आइतवार०४:३३:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार