काठमाडौंं । केही दिनयता नेपालमा कोरोना भाइरसको संक्रमण उकालो लाग्न थालेको छ।
पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८३४ पीसीआर परीक्षणमा १२९ र १ हजार १८६ एन्टिजेन परीक्षणमा ३९ जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै देशभर सक्रिय संक्रमितको संख्या ७७० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।
आज ३७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।