काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १२६ जनाको परीक्षणमा १७७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये १ हजार ८०५ जनाको पीसीआर परीक्षणमा १४४ जना र १ हजार ३२१ जनाको एन्टिजेन परीक्षणमा ३३ जनामा संक्रमण देखिएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ४१ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ८७३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।