प्रधानमन्त्री देउवाबाट भानुको प्रतिमामा माल्यार्पण

प्रधानमन्त्री देउवाबाट भानुको प्रतिमामा माल्यार्पण

२०७९, आषाढ २९ बुधवार

  • 737
    SHARES

  • प्रधानमन्त्री देउवाबाट भानुको प्रतिमामा माल्यार्पण

    काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्यको २०९औँ जयन्तीका अवसरमा आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अवस्थित भानुको प्रतिमामा माल्यार्पण गरेका छन् ।

    प्रज्ञा–प्रतिष्ठानद्वारा भानु प्रतिष्ठानसँगको सहकार्यमा आयोजना भएको प्रभातफेरीसहितको शोभायात्रापछि प्रतिमामा माल्यार्पण गरिएको हो ।

    कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।

    २०७९, आषाढ २९ बुधवार११:५०:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार