उपसभामुख पदको निर्वाचनको कार्यतालिका सार्वजनिक 

उपसभामुख पदको निर्वाचनको कार्यतालिका सार्वजनिक 

२०७९, आषाढ २९ बुधवार

  • 789
    SHARES

  • उपसभामुख पदको निर्वाचनको कार्यतालिका सार्वजनिक 

    काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन यही असार ३१ गते शुक्रबार अपराह्न ३ बजेका लागि तोकिएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो जानकारी दिनुहुँदै प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई तत्काल उपसभामुखको निर्वाचन कार्यातालिका प्रकाशित गर्न निर्देशन दिएका थिए । 

    यही असार ३० गते बिहीबार बिहान ११ देखि १ बजेसम्म प्रतिनिधिसभाको कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाका सचिवसमक्ष सो प्रस्तावको सूचना दर्ता गर्नुपर्ने छ । सोही दिन अपराह्न १ः३० बजे सङ्घीय संसद् भवनको सूचना पार्टीमा निर्धारित समयभित्र दर्ता भएको उम्मेदवारीको सूचनाको दर्ता क्रम अनुसारको सूची प्रकाशन गरिने छ । 

    असार ३१ गते शुक्रबार अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल हुने र दर्ता क्रमअनुसार निर्णायार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।  

    त्यसैगरी आजको बैठकमा ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० विधेयक, २०७९’ विधेयक राष्ट्रियसभाबाट संशोधन विना पारित भएको जानकारी गराइएको छ । बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले प्रतिनिधिसभामा उत्पत्ति भएको सो विधेयक मङ्गलबार राष्ट्रियसभाबाट पारित भएको ब्यहोराको पत्र पढेर सुनाए । 

    पत्रमा यही असार २२ गते कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहित पारित भएको सन्देशसहित राष्ट्रियसभामा प्राप्त ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ राष्ट्रियसभाको मङ्गलबार बसेको बैठकले संशोधन विना  पारित गरेकाले राष्ट्रियसभाको नियमावली २०७५ को नियम १२४ को उपनियम ५ बमोजिम सन्देशसहित उक्त विधेयक प्रतिनिधिसभाका फिर्ता पठाइएको ब्यहोरा उल्लेख छ ।

    २०७९, आषाढ २९ बुधवार०२:०३:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार