काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २६० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८४४ नमुना परिक्षण गरिएकोमा २६० जनामा संक्रमण देखिएको हो।
यससँगै नेपालमा कुल सक्रिय संक्रमितको संख्या १ हजार १७१ पुगेको छ ।
आज ४८ जना संक्रमणमुक्त हुनुका साथै ७२ हजार ३२० जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।