प्रतिनिधिसभा उपसभामुखको निर्वाचन आज

प्रतिनिधिसभा उपसभामुखको निर्वाचन आज

२०७९, आषाढ ३१ शुक्रवार

  • 825
    SHARES

  • प्रतिनिधिसभा उपसभामुखको निर्वाचन आज

    काठमाडौँ । प्रतिनिधिसभामा रिक्त उपसभामुख पद पूर्तिका लागि आज (शुक्रबार) निर्वाचन हुँदै छ ।

    दिउँसो ३ बजे बस्ने संसद बैठकमा उपसभामुख चयनका लागि मतदान प्रक्रिया सुरु गर्ने कार्यसूची रहेको छ ।

    उपसभामुखका लागि सत्तारुढ ५ दलीय गठबन्धनबाट नेपाली काँग्रेसकी पुष्पा भुसाल उम्मेदवार छिन् ।

    त्यस्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेले विद्या भट्टराईलाई मैदानमा उतारेको छ ।

    डा. शिवमाया तुम्बाहाङफेले २०७६ माघ ६ मा राजीनामा दिएपछि करिब साढे २ वर्षदेखि उपसभामुख पद रिक्त थियो ।

    २०७९, आषाढ ३१ शुक्रवार०७:४७:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार