काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने एक मन्त्रीले प्रशासनलाई बताएका छन् ।
मन्त्रिपरिषद्को नियमित बैठक हरेक सोमबार र बिहीबार बस्ने भए पनि कुनै महत्त्वपूर्ण विषयमा निर्णय गर्नुपरेको अवस्थामा जुनसुकै बेला आकस्मिक बैठक बस्ने गर्छ ।
आजै बिहान मात्रै बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक बसेको थियो । लगत्तै मन्त्रिपरिषद्को बैठक बसेको हो ।
प्रशासन स्रोतका अनुसार राष्ट्रिय विभागको एआइजीपी नियुक्तिबारे पनि निर्णय हुन सक्ने सम्भावना रहेको बुझिएको छ । सम्भवतः आजै निर्णय हुन्छ होला, दलहरूबिच मिल्दै नमिलेको अवस्थामा अर्को क्याबिनेटबाट कन्फर्म हुन्छ ।