कोरोना अपडेट : थप ४५७ जनामा सङ्क्रमण, १ जनाको मृत्यु

कोरोना अपडेट : थप ४५७ जनामा सङ्क्रमण, १ जनाको मृत्यु

२०७९, श्रावण २ सोमवार

  • 765
    SHARES

  • कोरोना अपडेट : थप ४५७ जनामा सङ्क्रमण, १ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६५१ जनाको कोरोना परीक्षणमा पीसीआर विधिबाट ३८६ र एन्टिजेन विधिबाट ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    त्यसैगरी थप १ जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९५४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप ४८ जना सङ्क्रमणमुक्त भएका छन् भने नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ७७६ पुगेको मन्त्रालयले जनाएको छ ।

    २०७९, श्रावण २ सोमवार०४:३३:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार