काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ५७ जना सङ्क्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ५७ नमुना परिक्षण गर्दा ३ सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
गएको २४ घण्टामा ६२ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।
पछिल्लो समय कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ९ सय ८२ पुगेको मन्त्रालयले जनाएको छ ।