मेलम्चीमा पुनः बाढी : हेलम्बु जाने सडक अवरुद्ध

मेलम्चीमा पुनः बाढी : हेलम्बु जाने सडक अवरुद्ध

२०७९, श्रावण ५ बिहिवार

  • 1.2K
    SHARES

  • मेलम्चीमा पुनः बाढी : हेलम्बु जाने सडक अवरुद्ध

    बनेपा । बुधवार रातिको वर्षासँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डको ठाउँ–ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ ।

    बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक क्षतविक्षत बनेको स्थानीयले बताएका छन् । 

    यस्तै हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको छ । गए राती भारी वर्षा हुँदा हेलम्बुका ग्याल्थुमलगायत क्षेत्रका बासिन्दा घर बाहिर बस्न बाध्य भएका थिए ।

    गए राति सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित नाकोते र आसपासमा भारी वर्षा भएको थियो । जलसतह बढेपछि मेलम्चीको तटीय क्षेत्रमा बाढी तथा भिरालो जमिन भएको ठाउँमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

    २०७९, श्रावण ५ बिहिवार०७:५४:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार