एसपीपी अन्योलः प्रधानमन्त्रीकै दबाबमा अमेरिकालाई पत्र नपठाइएको खुलासा

एसपीपी अन्योलः प्रधानमन्त्रीकै दबाबमा अमेरिकालाई पत्र नपठाइएको खुलासा

२०७९, श्रावण ५ बिहिवार

  • 913
    SHARES

  • एसपीपी अन्योलः प्रधानमन्त्रीकै दबाबमा अमेरिकालाई पत्र नपठाइएको खुलासा

    काठमाडौं । परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा सहभागी नहुने हालसम्म कुनै पनि निर्णय नपठाएको प्रस्ट पारेको छ ।

    सरकारले आफ्नै एक महिनाअघिको प्रतिबद्धताअनुरूप एसपीपीमा नेपाल सहभागी नहुने निर्णय पठाउन आलटाल गरेको हो ।

    परराष्ट्र मन्त्रालय प्रवक्ता सेवा लम्सालले एसपीपीमा सहभागी नहुने सरकारले गरेको निर्णयको पत्र नपठाइएको बताए । उनका अनुसार ‘सरकारको निर्णय कार्यान्वयन कसरी गर्ने ?’ भन्ने विषयमा छलफल भइरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

    ‘हामी अझै अध्ययन गरिरहेका छौं, सरोकारवालासँग छलफल गरिरहेका छौं, यसअघि पनि सहयोग आइरहेको छ । विपद् सहयोग, पूर्वाधारलगायत विषय छन्,’ परराष्ट्र मन्त्रालय प्रवक्ता लम्सालले भने, ‘आइरहेका सहयोग नरोकिऊन् भन्ने हाम्रो कन्सर्न हो । त्यसअनुसार सरकारको निर्णय कार्यान्वयनका लागि छलफलमा छौं ।’

    सरकारले एक महिनाअघि गरेको निर्णय परराष्ट्र मन्त्रालयमार्फत ‘कूटनीतिक च्यानल’बाट पठाउनुपर्ने थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँगको सम्बन्ध बिग्रने भएका कारण ‘अहिले पत्र नपठाउन’ दबाब दिएको परराष्ट्रका एक अधिकारीले खुलासा गरे ।

    ‘हामीलाई प्रधानमन्त्रीबाटै तत्कालका लागि पत्र पठाउन रोक्नु भन्ने सन्देश आएको छ,’ ती अधिकारीले भने, ‘पत्र पठाउने’ अझै अध्ययन गरिरहेका छौं ।’

    २०७९, श्रावण ५ बिहिवार०९:०८:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार