भक्तपुरमा रुख ढलेर सवारी साधन किच्दा १६ जना घाइते, तीन जनाको अवस्था गम्भीर

भक्तपुरमा रुख ढलेर सवारी साधन किच्दा १६ जना घाइते, तीन जनाको अवस्था गम्भीर

२०७९, श्रावण ८ आइतवार

  • 1.4K
    SHARES

  • भक्तपुरमा रुख ढलेर सवारी साधन किच्दा १६ जना घाइते, तीन जनाको अवस्था गम्भीर

    काठमाडौँ । काठमाडौँबाट भक्तपुरको दुधपाटी जाँदै गरेको यात्रुबहाक बस र स्कुटरलाई रुख ढलेर किच्दा कम्तिमा १६ जना घाइते भएका छन्।

    बा २ ख ३५८४ नम्बरको यात्रुबहाक बस र स्कुटरलाई रुख ढलेर किच्दा उनीहरु घाइते भएको भक्तपुर प्रहरी परिसरका डिएसपी राजु पाण्डेले बताएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको उनले बताएका छन्।

    घाइतेहरुको भक्तपुर अस्पताल, डा. इवामुरा मेमोरियल अस्पताल, मध्यपुर अस्पताल र भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचारका लागि लगिएको उनले बताएका छन्।

    २०७९, श्रावण ८ आइतवार०२:२६:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार