कारागार व्यवस्थापन विधेयक पारित

कारागार व्यवस्थापन विधेयक पारित

२०७९, श्रावण ८ आइतवार

  • 857
    SHARES

  • कारागार व्यवस्थापन विधेयक पारित

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘कारागार व्यवस्थापन विधेयक, २०७६’ पारित भएको छ ।

    राज्यव्यवस्था तथा सुशासन समितिबाट प्राप्त प्रतिवेदनसहित आएको उक्त विधेयक पारित गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाणले सदनमा प्रस्ताव प्रस्तुत गरेका थिए। 

    त्यसपछि विधेयकका बारेमा सदनमा छलफल भएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको दोस्रो बैठकमा ध्वनिमतका आधारमा विधेयक सर्वसम्मतिले पारित भएको घोषण गरे । सभाको पहिलो बैठकमा गणपुरक सङ्ख्या नपुगेपछि १५ मिनेट स्थगित भई सञ्चालन भएको दोस्रो बैठकले विधेयक पारित गरेको हो 

    यसअघि विधेयकमाथिको छलफलमा सांसदहरुले भाग लिएका थिए । उनीहरूले उठाएका प्रश्नको गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिएका थिए । कारागारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको उक्त विधेयक सरकारले विसं २०७६ मङ्सिर २९ मा दर्ता गराएको थियो । 

    यसअघि पहिलो बैठकमा संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन सदनमा पेस गरेका थिए ।

    २०७९, श्रावण ८ आइतवार०६:१९:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार