नागरिकता संशोधन विधेयक प्रस्ताव सर्वसम्मतिले स्वीकृत

नागरिकता संशोधन विधेयक प्रस्ताव सर्वसम्मतिले स्वीकृत

२०७९, श्रावण ९ सोमवार

  • 1.1K
    SHARES

  • नागरिकता संशोधन विधेयक प्रस्ताव सर्वसम्मतिले स्वीकृत

    काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

    बैठकमा उक्त विधेयक गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाको सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता(पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । 

    उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत भएको घोषण गरे । 

    राष्ट्रियसभाको अर्को बैठक यही साउन १२ गते बिहान ११ः०० बजे बस्नेछ ।

    २०७९, श्रावण ९ सोमवार०२:१५:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार