विराटनगर जुट मिल पुनः सञ्चालन गरिन्छ : उद्योगमन्त्री बडू

विराटनगर जुट मिल पुनः सञ्चालन गरिन्छ : उद्योगमन्त्री बडू

२०७९, श्रावण १० मंगलवार

  • 969
    SHARES

  • विराटनगर जुट मिल पुनः सञ्चालन गरिन्छ : उद्योगमन्त्री बडू

    मोरङ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले विराटनगर रानीस्थित विराटनगर जुट मिल पुनः सञ्चालन गरिने बताएका छन् ।

    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले विराटनगर जुट मिल सञ्चालन गर्ने सम्बन्धमा निजी क्षेत्रका उद्यमी एवं व्यापारीसँग आवश्यक छलफल गरी सञ्चालनको विधि तयार गर्ने जानकारी दिए । मन्त्री बडूले मुलुकमा रहेका रुग्ण उद्योग जनकपुर चुरोट कारखाना, हेटौँडा कपडा उद्योगलगायत के कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा आवश्यक अनुगमनपछि निर्णय गर्ने जानकारी दिए ।

    मन्त्री बडूले मुलुकको व्यापार घाटा कम गर्न निजी क्षेत्रको सहयोगमा आयात प्रतिस्थापन गरी उत्पादन वृद्धि गर्नाका साथै रोजगारी सिर्जना गर्ने विचार राखे । एक प्रश्नको जवाफमा उनले निजी क्षेत्रले बजेटमा कर वृद्धिसम्बन्धी गुनासो समाधान गर्ने धारणा राखे ।

    मन्त्री बडूले निजी क्षेत्रका उद्योग पूर्ण क्षमतामा  सञ्चालनका लागि उद्यमीहरूलाई के कस्तो सुविधा उपलब्ध गराउनुपर्छ भन्ने विषयमा पनि आवश्यक छलफल गरी अघि बढ्ने बताए ।

    २०७९, श्रावण १० मंगलवार०२:०३:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार