काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५५ जनाको परीक्षणमा ६३८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३३ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १६५ जना, भक्तपुरमा ६ जना र ललितपुरमा ६२ जना संक्रमित थपिएका हुन् ।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार ५०५ पुगेको छ ।
देशभर रहेका ३ हजार ७१४ जना सक्रिय संक्रमितमध्ये ३ हजार ५८१ जना होम आइसोलेसनमा र १३३ जना संस्थागत आइसोलेसन छन् ।
अस्पतालमा रहेकामध्ये ३० जना आईसीयूमा र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।