संसदीय छानबिन समितिले आज प्रतिवेदन तयार गर्दै 

संसदीय छानबिन समितिले आज प्रतिवेदन तयार गर्दै 

२०७९, श्रावण ११ बुधवार

  • 945
    SHARES

  • संसदीय छानबिन समितिले आज प्रतिवेदन तयार गर्दै 

    काठमाडौँ। पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय समितिले बुधबार प्रतिवेदन तयार गर्ने भएको छ ।

    सिंहदरबारमा मंगलबार बसेको समितिको दोस्रो बैठकमा नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाका विज्ञहरूसमेत बोलाएर सीसीटीभी फुटेजबारे जानकारी लिएपछि बुधबार प्रतिवेदन लेख्ने तयारी गरेको हो ।

    सीसीटीभी फुटेजका विषयमा विज्ञहरूसँग जानकारी लिएको र सबै विषय प्रतिवेदनमा नै उल्लेख गर्ने समिति सचिव सुरेन्द्र अर्यालले बताए । 

    सुरुमा १० दिनको समय पाएको समितिलाई छानबिनको समय अभाव भएको भन्दै ७ दिन म्याद थप गरिएको थियो ।

    बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो ।

    २०७९, श्रावण ११ बुधवार०७:५१:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार