कोरोना अपडेट : थप ५६४ जनामा संक्रमण, १ जनाको मृत्यु

कोरोना अपडेट : थप ५६४ जनामा संक्रमण, १ जनाको मृत्यु

२०७९, श्रावण ११ बुधवार

  • 1.0K
    SHARES

  • कोरोना अपडेट : थप ५६४ जनामा संक्रमण, १ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६० पुगेको छ।

    यसैगरी पछिल्लो २४ घण्टामा २०२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ३ हजार ९२९ जना सक्रिय संक्रमित रहेका छन् ।

    गत २४ घण्टामा देशभर २ हजार ७७८ पीसीआर परीक्षण र १ हजार ६७६ एन्टिजेन परीक्षण भएको मन्त्रालयले जनाएको छ।

     

    २०७९, श्रावण ११ बुधवार०४:३९:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार