काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरथप ७१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५४१ पीसीआर परीक्षण तथा २ हजार ४८४ एन्टिजेन परीक्षण भएको हो ।
यसैगरी आज २ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६२ पुगेको छ।
पछिल्लो २४ घण्टामा २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार २३६ कोरोनाका सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ।