परराष्ट्रमन्त्री खड्का र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

परराष्ट्रमन्त्री खड्का र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

२०७९, श्रावण १३ शुक्रवार

  • 893
    SHARES

  • परराष्ट्रमन्त्री खड्का र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

    काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया मामिलाका सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गरेका छन् ।

    मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आर्थिक र विकास सहयोग, खाद्य सुरक्षा, कोभिड–१९ विरुद्धको खोपलगायत सहयोगका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।  

    बिहीबार साँझ नेपाल आउनुभएका सहायक विदेशमन्त्री लुले यसअघि पनि गत मङ्सिरमा नेपालको भ्रमण गरिसकेका छन् । 

    यो पटकको भ्रमणका अवसरमा उनले विभिन्न व्यावसायिक, नागरिक तथा सरकारी नेतृत्वसँग नेपाल–अमेरिका बीचको ७५ वर्षे लामो मित्रताका विविध आयामलगायत विषयमा कुराकानी गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

    सहायक विदेशमन्त्री लुले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने बताइएको छ । 

    २०७९, श्रावण १३ शुक्रवार०४:१३:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार