काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार २८२ नमुना परीक्षण गर्दा ५७७ जनामा कोरोना संक्रमण देखिएको हो ।
जसमा २ हजार ४७४ जनाको पीसीआर परीक्षणमा ३९१ जना र १ हजार ८०८ जनाको एन्टिजेन परीक्षणमा १८६ जनामा संक्रमण देखिएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।