समाजवादमा मात्रै पूर्ण मानवअधिकार : खनाल

समाजवादमा मात्रै पूर्ण मानवअधिकार : खनाल

२०७९, श्रावण १४ शनिवार

  • 789
    SHARES

  • समाजवादमा मात्रै पूर्ण मानवअधिकार : खनाल

    काभ्रेपलाञ्चोक । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी समाजमा मात्रै पूर्ण मानवअधिकार प्रत्याभूति हुने बताएका छन् ।

    आज काभ्रेपलाञ्चोकको बनेपामा नेपाल आदिवासी जनजाति महासङ्घ (समाजवादी)को जिल्ला भेलामा उनले मुलुकमा समाजवाद स्थापनापछि मात्रै पूर्ण मानवअधिकारको प्रत्याभूति हुने बताए । उनले नेपाली समाज समाजवादी क्रान्तितर्फ उन्मुख भएको दाबी समेत गरे ।

    नेता खनालले समाजवाद स्थापनापछि मात्रै नेपालीले सुख, शान्ति र समृद्धि प्राप्त गर्ने उल्लेख गर्दै समाजवादी क्रान्तिको रूपान्तरणको चरणपछि नयाँ युग नै समाजवाद भएको बताए ।

    यथास्थितिवादी र पुँजीपति वर्गले नागरिकलाई अझै शोषण र दमन गरिरहेकाले नेपालको मानवअधिकार खुम्चन पुगेको नेता खनालको तर्क थियो । उनले भने, “तिनै यथास्थितिवादी, शोषण र दमनको अन्त्य गर्न समाजवादको आवश्यकता परेको हो ।”

    कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य कृष्णप्रसाद सापकोटाले लोकतन्त्रका लाभहरू सबै समुदाय र वर्गले समान रूपमा पाउनुपर्ने बताउँदै सबै दलले वर्गीय र लैङ्गिक असमानताको विरुद्धमा लाग्ने प्रतिबद्धताको आवश्यकता औँल्याए ।

    पार्टीका केन्द्रीय सदस्य टोक बहादुर वाइबाले एकीकृत समाजवादी पार्टी स्थापित गर्न सङ्गठन विस्तार अभियानमा लागिएको बताए ।

    २०७९, श्रावण १४ शनिवार०६:२३:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार